Logo
Logo

विपक्षी दलहरूको बैठक बस्दै


1.2k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।

प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकिरहेका बेला अध्यक्ष प्रचण्डले मध्याह्न १२ बजे संसद् भवन नयाँ वानेश्वरमा बस्नेगरी बैठक बोलाएका हुन् । बैठकमा संसदको अवरोध खुलाउने विषयमा छलफल हुने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

गृहमन्त्री रमेश लेख भिजिट भिसा प्रकरणमा जोडिएपछि विपक्षी दलहरूले छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका । तर, सत्तापक्ष तयार भएको छैन । जसकारण यहि जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ ।

जेठ १५ गते विपक्षी दलहरूले बजेट ल्याउन संसद अवरोध गरेका थिएनन् । तर, त्यसयता भने संसद बस्न सकेको छैन । प्रतिनिधिसभामा बजेटमाथि छलफल पनि हुन सकेको छैन ।

संसद्को अवरोध खुलाउने विषयमा शनिवार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता समेत भएको थियो । उक्त भेटमा संसद्को गतिरोध अन्त्यको विषयमा छलफल भएको थियो । सत्तारुढ दलका नेताहरूसँगको भेटमा भएका संवादको विषय समेत प्रचण्डले विपक्षी दलहरूलाई ब्रिफिङ गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्