Logo
Logo

प्रतिनिधिसभा बैठक दोस्रोपटक स्थगित


315
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दोस्रोपटक सूचना टाँसेर स्थगित भएको छ । बिहान १ बजे बोलाइएको बैठक बस्न नसकेपछि सवा ३ बजेका लागि सारिएको थियो । तर, त्यो समयमा पनि बैठक सञ्चालन हुन नसकेपछि साँझ ५: ३० बजेका लागि पुनः स्थगित गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए ।

The current image has no alternative text. The file name is: parliyament-1.gif

विपक्षी दलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमार्फत भिजिट भिसामा भएको सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका छन् । उनीहरूले यो विषयमा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने माग राखेका छन् । यही मागलाई लिएर जेठ १३ गतेदेखि विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्