Logo
Logo

हिमालयन बैङ्कको न्यूरोड शाखा–२ ठमेलमा स्थानान्तरण


567
Shares

काठमाडौं । हिमालयन बैङ्क लिमिटेडले न्यूरोड शाखा–२ लाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका वडा नं.२७, ठमेलस्थित संचय कोष भवनमा मिति २०८२ जेठ २५ गतेदेखि ‘ठमेल शाखा’ नामबाट सम्पूर्ण बैङ्किङ सेवाहरू प्रदान गर्न सुरु गरेको छ ।

उक्त शाखाको उद्घाटन बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शम्सेर राणाले वरिष्ठ कर्मचारीहरू र अतिथिहरूको उपस्थितिमा गरेका थिए।

हाल बैङ्कले देशभरका १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८६ एटीएम, ८,००० भन्दा बढी पस मेसिन र १५,००० भन्दा बढी रेमिटेन्स भुक्तानी केन्द्रमार्फत ग्राहकहरूलाई विविध बैङ्किङ सेवाहरू प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्