काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नयाँ कार्यसमिति घोषणा भएको छ । यसअघि ३५ सदस्यीय पदाधिकारीको सङ्ख्या बढाएर ७५ पुर्याइएको छ । जस अनुसार, अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाहीको नाम निर्विरोध भएको हो ।

त्यस्तै, २२ जना उपाध्यक्ष बनेका छन् । उनीहरू सबै निर्विरोध चयन भएका हुन् । उपमहासचिव १९ जना बनेका छन् । त्यस्तै ३१ जना सचिव बनेका छन् भने एक जना कोषाध्यक्ष बनेका छन् ।
वाईसीएलको नेतृत्व चयनमा सहमति जुट्न नसक्दा पटकपटक निर्वाचन कार्यतालिका संशोधन गरिएको थियो । उनीहरूको शपथ पनि आजै हुँदै छ ।














