Logo
Logo

सकेसम्म चाँडो इजरायल छाड्न आफ्ना नागरिकलाई चीनको आग्रह


2.5k
Shares

एजेन्सी । चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई सकेसम्म चाँडै त्यहाँबाट बाहिरिन आग्रह गरेको छ ।

इजरायल–इरान द्वन्द्व चर्किंदै गएपछि इजरायलस्थित चिनियाँ दूतावासले सूचना जारी गर्दै आफ्ना नागरिकलाई सकेसम्म चाँडो त्यहाँबाट निस्किन भनेको हो ।

इजरायली हवाई क्षेत्र बन्द भएकाले भूमि सीमा पार गरेर जोर्डन हुँदै इजरायली भूमि छाड्न चिनियाँ दूतावासले आफ्ना नागरिकलाई सल्लाह दिएको चिनियाँ पत्रिका ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

इजरायलका सम्बन्धित सरकारी विभागले जोर्डन र इजिप्टसँग जोडिएको इजरायलका सीमा खुला रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्