Logo
Logo

शून्य भन्सार नीतिपछि चिनियाँ बजारमा अफ्रिकी मुलुकको चासो बढ्दै


0
Shares

काठमाडौं । चीनले ५३ अफ्रिकी मुलुकका लागि लागू गरेको शून्य भन्सार नीतिपछि चिनियाँ बजारमा आफ्नो उत्पादनको पहुँच विस्तार गर्न अफ्रिकी प्रतिनिधिहरूले चासो देखाएका छन् । मे १ देखि कार्यान्वयनमा आएको उक्त नीतिले चीनसँग कुटनीतिक सम्बन्ध कायम गरेका ५३ अफ्रिकी मुलुकका उत्पादनलाई भन्साररहित रूपमा चिनियाँ बजारमा प्रवेश गर्ने अवसर प्रदान गरेको छ । 

The current image has no alternative text. The file name is: chaina-2.jpg

नीति कार्यान्वयनपछि पहिलोपटक आयोजना भएको चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो (सीआईआईई) मा सहभागी अफ्रिकी प्रतिनिधिहरूले नयाँ अवसरको सदुपयोग गर्दै आफ्ना उत्पादनको प्रवद्र्धनमा जोड दिएका छन् । चीनका लागि मौरिससका दूतावासका मन्त्री सल्लाहकार अश्विन कुमार रुहीले चिनियाँ बजारमा आफ्ना उत्पादन प्रवर्द्धन गर्न आफूहरू उपयुक्त समयमा आएको बताए । 

चीनको ठूलो बजारमा सानो हिस्सा प्राप्त गर्न सके पनि त्यसले अफ्रिकी उत्पादकका लागि ठूलो अवसर सिर्जना गर्ने उनको भनाइ छ । शून्य भन्सार नीतिले अफ्रिकी उत्पादक तथा कम्पनीहरूलाई चिनियाँ बजारको माग र अपेक्षाअनुसार उत्पादन क्षमता बढाउन प्रोत्साहन गर्ने उनले बताए । यसका लागि चिनियाँ कम्पनीहरूसँग सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले यसबाट दुवै पक्षलाई लाभ पुग्ने विश्वास व्यक्त गरे । 

त्यस्तै, चीनका लागि इथियोपियाली दूतावासकी कार्यवाहक प्रमुख अजिजा गेलेटा डेसालेग्नले शून्य भन्सार नीतिले अफ्रिकी कम्पनीहरूलाई चिनियाँ बजारमा प्रवेश गर्न सहज बनाएको बताइन् । यसले निर्यातकर्ता तथा किसानहरूलाई समेत चीनलाई ठूलो बजारका रूपमा हेर्न प्रेरित गरेको उनको भनाइ छ । सेसेल्सको व्यापार विभागका महानिर्देशक रिकी बार्बेले पनि नयाँ नीतिले निर्यात लागत घटाउने बताए । 

चीनको विशाल बजारले अफ्रिकी उत्पादकहरूलाई आफ्ना वस्तु तथा सेवाको प्रवर्द्धन र व्यापार विस्तारका लागि ठूलो सम्भावना प्रदान गरेको उनले उल्लेख गरे । अफ्रिकी प्रतिनिधिहरूले शून्य भन्सार नीतिलाई चीन र अफ्रिकाबीचको व्यापारिक सहकार्य विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000