Logo
Logo

महाधिवेशन २०८३ साल मङ्सिरभित्र गर्न शेखरको आग्रह


0
Shares

तनहुँ । कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ साल मङ्सिरभित्र हुनुपर्ने बताएका छन् । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्ने बताएका हुन् । 

The current image has no alternative text. The file name is: sekher.gif

उनले भने, ‘म पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्छ भन्ने पक्षमा छु, नेपाली कांग्रेसको महाधिवेशन जति लम्बिँदै जान्छ, यसले पार्टीलाई फाइदा गर्दैन ।’ कोइरालाले २०८४ को आमनिर्वाचन अगाडि महाधिवेशन हुनुपर्नेमा जोड दिए ।

स्थानीय, प्रदेश तह र सङ्घीय निर्वाचन समयमा हुने भएकाले त्यसतर्फ सोचेर अगाडि बढ्न उनले आग्रह गरे । विगतमा नेपाली कांग्रेसको बलियो साङ्गठनिक जिल्लाका रूपमा तनहुँ रहे पनि अहिले त्यस्तो अवस्था नरहेकाले त्यसतर्फ सोच्न उनले सबै नेता कार्यकर्तालाई आग्रह गरे ।
 

प्रतिक्रिया दिनुहोस्