काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियानमा अभिनेता विपिन कार्की पनि सहभागी भएका छन् ।

आइतबार रास्वपाको पार्टी कार्यालय वनस्थली पुगेर अभिनेता कार्कीले लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्धको अभियानमा हस्ताक्षर गरेका हुन् ।
पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर रास्वपाले असार ७ गतेदेखि पार्टी सभापति लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ ।











