Logo
Logo

एमाले सचिवालय बैठक सर्यो, अब ३ बजे बस्ने


252
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सरेको छ । यसअघि आज दिउँसो १ बजे केन्द्रीय काार्याालय च्यासलमा बस्नेगरी बोलाइएको बैठक ३ बजेका लागि सारिएको हो ।

बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए ।

एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन गर्ने तयारी गरेको छ । सोही महाधिवेशनको तयारीका लागि बैठक डाकिएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्