काठमाडौं । विशेष अदालतले दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्युज डट कमका सम्पादक एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँका दरले धरौटी माग गरेको छ । अदालतको अवहेलना मुद्दामा उनीहरूसँग यो धरौटी रकम माग गरिएको हो । आजै उनीहरूको बयान भएको थियो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा, विदुर कोइराला सम्मिलित इजलासले यो आदेश दिएको हो ।
दृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायी, वरिष्ठ अधिवक्ता हर्क रावल, दिनेश त्रिपाठी, डेकेन्द्रप्रसाद सुवेदी, अनन्तराज लुइँटेल, कपिलदेव ढकाल, कीर्तिनाथ शर्मा पौडेल, विकास भट्टराई, विकास थापा, लीलानाथ घिमिरे, शंकरप्रसाद पोखरेल, विशाल थापालगायतले बहस गर्नुभएको थियो । एमिकस क्यूरीको रुपमा नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्र स्वयं उपस्थित बहस गर्नुभएको थियो । वादीको तर्फबाट विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवर, युवराज बन्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतमसहितका अधिवक्ताहरूले बहस गरेका हुन् ।
यसअघि अदालतले दृष्टि न्युज अनलाइनमा रहेको समाचार नहटाउन र परिमार्जन नगर्न भनेको थियो ।














