
काठमाडौं । अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ । रोशी गाउँपालिका–९ पिन्थलीबेशी, फेदीखोला र रोशी–७ को चारसय बेशीमा खहरेखोलाबाट आएको लेदो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो ।
मंगलबार राति १ बजेदेखि अवरुद्ध सडक लेदो पन्छाएपश्चात दुईतर्फी नै सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरुलाई काभ्रेतर्फ काभ्रेभञ्ज्याङ र भकुण्डेमा तथा सिन्धुली जिल्लाबाट काभ्रेतर्फ जाने सवारीलाई खुर्कोटमा होल्ड गरिएको थियो ।














