काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री कुमार खड्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनलाई कारबाही गरिएको हो ।

गण्डकी प्रदेशका सांसद तथा तत्कालीन सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको उजुरीका आधारमा कारबाही अघि बढाइएको थियो ।
केन्द्रीय अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुसार, खड्काले आयोगले मागेको स्पष्टीकरणको सन्तोषजनक जवाफ नदिएकाले उनलाई एक वर्षका लागि साधारण सदस्यबाट निष्कासित गरिएको हो ।














