Logo
Logo

आज काठमाडौंसहित कहाँ-कहाँ छ बाढीको जोखिम ?


882
Shares

काठमाडौं । बाढी पूर्वनुमान महाशाखाले आज काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा बाढी आउने भन्दै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशााखाले बुलेटिन जारी गर्दै देशका केही सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने भन्दै नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।

आज बारा, रौतहट, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुम पूर्व र रुकुम पश्चिममा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना देखिएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

त्यस्तै संखुवासभा, सोलुखुम्बु, काभ्रेपलाञ्चोक, कास्की, पर्वत, गोरखा, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान, जाजरकोट र कालीकोट भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्