Logo
Logo

नगरपालिकामा रास्वपाको उम्मेदवार हुन इच्छुकलाई आवेदन खुला


252
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नगरपालिकामा जनप्रतिनिधि हुन इच्छुक उम्मेदवारका लागि आवेदन खुला गरेको छ । रास्वपाबाट नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको उम्मेदवार हुन आकाङ्क्षीका लागि आवेदन खुला गरेको हो । 

The current image has no alternative text. The file name is: rasapa-4.gif

बिहीबार सार्वजनिक सूचना जारी गर्दै रास्वपाले भनेको छ, ‘नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला गरेका छौँ । यदि तपाईँ यसपटकको स्थानीय निर्वाचनमा आफ्नो नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुक हुनुहुन्छ भने आवेदन दिनुहोला ।’

आवेदन पार्टीको मोबाइल एप मार्फत दिन सकिने  छ । रास्वपाले भदौ १ गतेदेखि गाउँपालिका क्यान्डिडेट क्लबमा आवेदन खुला गरेको थियो । रास्वपाबाट उम्मेदवार हुन इच्छुकले क्यान्डिडेट क्लबमा आवेदन दिएपछि मात्रै छनोट हुने प्रक्रिया सुरु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्