Logo
Logo

स्पेनमा मान्छे छाडेर आयो भन्दै विरोधीले घटिया प्रचार गरे : प्रधानमन्त्री


1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्न केही विरोधी र अराजक तत्वले झुटा प्रचार गरेको बताएका छन् ।

झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटनको क्रममा बोल्दै उनले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको बताएका हुन् । साथै उनले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको बताए ।

‘म स्पेन गएको थिएँ । त्यहाँ हाम्रो भूमिका असाध्यै राम्रो भयो त्यो भूमिका सहन नसकेर अपोजिसन पार्टी र केही अराजकतावादी पार्टीहरूले मान्छे छाडेर आयो भन्ने जस्ता वाहियात कुरा गरे’, उनले भने ।

योजनाबद्ध ढंगले घटिया प्रचार गरेकव भन्दै ओलीले भने, ‘त्यो हुन सक्ने कुरा हो ? प्रमाणित गर्न सकिने कुरा हो ? प्रमाण भनेर कराएका छन् । जहिले पनि झूट बोलेको छ, झुट बालेको छ । यस्ता कुरा कति दिन टिक्छ ? यस्तो राजनीति नगर्न म सबैलाई सुझाव दिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्