Logo
Logo

इनरूवामा एक दम्पती घरभित्रै मृत भेटिए


693
Shares

काठमाडौं । सुनसरीको इनरुवामा एक दम्पती घरभित्रै मृत फेला परेका छन् । इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् ।

सुकदेवको शव अर्ध नग्न अवस्थामा फुसको घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा र सवेताको शव ओछ्यानमा सुतिरहेको अवस्थामा फेला परेको सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

आज (आइतबार) बिहान करिब ९ बजेतिर स्थानीयले घरभित्र दम्पतीलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना शंकास्पद भएकाले अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्