Logo
Logo

सिरहा कारागारमा कैदी बन्दीहरूबिच कुटाकुट, १३ जना घाइते


378
Shares

काठमाडौं । सिरहा नगरपालिका स्थित कारागारमा कैदी बन्दीहरूबिच कुटाकुट भएको छ । आइतबार करिब ४ बजेतिर कैदी बन्दीहरूबिच कुटाकुट भएको हो ।

The current image has no alternative text. The file name is: chadp.gif

कुटाकुटबाट दुवै पक्षका १३ जना घाइते भएका छन् । सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार कारागार प्रशासन र सुरक्षा अधिकारीहरूको टोली कारागार पुगेर आवश्यक सोधपुछ गरिरहेको छ ।

घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिराहा पठाइएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको छ ।  घटनाबारे प्रारम्भिक छानबिनका लागि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकसहितको टोली कारागार पुगेको छ । 

क्षमताभन्दा साढे तीन गुणा बढी कैदीबन्दी रहेको सिराहा कारागारमा अवैध कारोबार हुने गरेको आशङ्कामा जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा शनिवार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहितको सुरक्षा अधिकारीको टोलीले कैदी बन्दी बस्दै आएको हरेक कोठाको सर्च गरेको थियो ।

सर्च अपरेसनको भोलिपल्ट कारागारमा कैदीबन्दीबिच दोहोरो झडप भएको हो । 

प्रतिक्रिया दिनुहोस्