
काठमाडौं । काठमाडौंको तारकेश्वरमा एक महिलाको शव भेटिएको छ । तारकेश्वर नगरपालिका–८ पिपलडाँडा खेल मैदानको बारमा झुण्डिएको अवस्थामा एक महिलाको शव भेटिएको हो ।
कालो कपडा, कालो झोला र कालो जुत्ता लगाएकी ती महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । अहिलेसम्म कसैले पनि उनको पहिचान गर्न नसकेको र घटनास्थलबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।














