Logo
Logo

नुहाउन गएका ११ वर्षीय बालक सप्तकोशीमा बेपत्ता


693
Shares

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोसी नदीमा एक बालक बेपत्ता भएका छन् ।

सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका–१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश नदीमा बेपत्ता भएका सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।

तीन जना सँगै नुहाउन गएकामा दुई जना सकुशल बाहिर आउँदा दीपेश बेपत्ता भएका हुन्। बेपत्ता दिपेशको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्