Logo
Logo

पोखरामा कोरोना संक्रमणबाट ७४ वर्षीया वृद्धाको मृत्यु


504
Shares

काठमाडौं । पोखरामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । ८ दिन अघि कोरोना देखिएकी ७४ वर्षीय बृद्धाको चरक अस्पतालमा उपचारका क्रममा हिजो आइतबार मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खीमबहादुर खड्काले ७४ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिए ।

गण्डकीमा अहिले कोरोना सङ्क्रमणको दर बढ्न थालेको निर्देशनालयले जनाएको छ । हाल प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन् । तीमध्ये कास्कीमा ५ जना छन् भने बागलुङमा २ र स्याङ्जामा एक जना छन् ।

प्रतिक्रिया दिनुहोस्