
काठमाडौं । नेपाल प्रहरीका ११ जना एसपीहरू एसएसपीमा बढुवा सिफारिस भएका छन् । सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जनाको नाम एसएसपीमा बढुवा सिफारिस गरेको हो ।
सिफारिस हुनेहरूमा प्रकाश रानाभाट, कमल थापा, राकेश सिंह, राजीव बस्नेत, तुलबहादुर कार्की, दीपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दिपेन्द्र शाही, प्रविण धिताल र दयानिधी ज्ञवाली छन् ।
बढुवा रोक्काको कारबाहीमा परेका एसपी बिमल बस्नेत र रामप्रकाश शाह भने यसपटक पनि बढुवा सिफारिस हुनबाट छुटेका छन् । बस्नेत पहिलो नम्बरमा भएपनि ५ वर्ष बढुवा रोक्काको कारबाहीमा परेका थिए ।












