Logo
Logo

नारायणी नदीमा बेपत्ता किशोरको शव २५ फिट गहिराइबाट निकालियो


2k
Shares

चितवन ।  भरतपुर महानगरपालिका–१६, सरनपुरस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक किशोरको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले साउन २५ गते फेला पारेको छ ।

भरतपुर–१५, सूर्यनगर बस्ने १५ वर्षीय मेनसन पुन मगर सोमबार दिउँसो नदीको किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण, चितवनबाट खटिएको गोताखोर टोलीले करिब २५ फिट गहिराइबाट उनको शव बाहिर निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्