Logo
Logo

एमालेले कांग्रेसको मुटुमा आक्रमण गर्दा हामी बोल्न सकेनौं : शेखर


1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमालेले कांग्रेसको कोर भ्यालुमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

बीपी स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले निजामती विधेयकको कुलिङ परियडमा एमालेले कांग्रेसको कोर भ्यालुमाथि आक्रमण गरेको बताएका हुन् । साथै उनले एमालेले आक्रमण गर्दा कांग्रेस नेतृत्व बोल्न नसकेको समेत बताए ।

‘हामी सरकारमा छौँ, गठबन्धन नगरी उपाय छैन ठिकै छ । तर कांग्रेसको कोर भ्यालुमा एमालेले आक्रमण गर्दा हामी बोलिरहेका छैनौँ । हामी बोल्यौँ कुलिङ अफ पिरियडमा ?’ उनले प्रश्न गर्दै भने ।

उनले अगाडी थपे, ‘अहिले पनि हामीले भन्न सक्नुपर्छ, सभापतिले प्रधानमन्त्रीलाई राखेर यो स्वीकार्य हुन्न, फटाफट गर्नुस् भन्नुपर्छ । गल्ती हाम्रो पनि भएको छ, हामीले किन हेरेनौँ ? राज्य व्यवस्थाको सभापतिले किन हेरेन ? अहिले राष्ट्रिय सभामा एमालेका सांसदले के लेखेका छन् ? कांग्रेसको मुटुमा, कोर भ्यालुजमा एमालेले अट्याक गर्दा हामी चुपचाप लागेर बसेका छौँ, हामी कांग्रेसहरु लाछी भएका छौँ । बीपी भएको भए यो कुरा स्वीकार गरेर बस्नुहुने थिएन ।

डा. कोइरालाले सभापति शेरबहादुर देउवाले बजेटमा उल्लेखित टेक एण्ड पे हटाउन पहल गरेजस्तै कुलिङ अफ पिरियडका विषयमा पनि अडान लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्