Logo
Logo

भ्रष्टाचारका विषयमा प्रधानमन्त्री घोषणामा मात्रै सीमित भएँ : सुरेशकुमार आलेमगर


378
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य सुरेशकुमार आलेमगरले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारविरुद्धको प्रतिबद्धता कार्यान्वयन नभएको बताएका छन् । मङ्गलवार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार नगर्ने र हुन नदिने प्रधानमन्त्रीको घोषणा केवल साइनबोर्डमा सीमित रहेको भन्दै ती बोर्डहरू हटाउन सुझाव दिए । 

The current image has no alternative text. The file name is: alemagr.gif

‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ, भ्रष्टाचारको अनुहार पनि हेर्दिनँ भन्ने साइनबोर्डहरू झिकेर फालिदिए हुन्छ,’ सांसद आलेले भने, ‘किनभने भ्रष्टाचार जताततै छ्याप्छ्याप्ती देखिन्छ ।’उनले कास्कीको पोखरास्थित लिचिबारीको १३४ रोपनी जग्गा हिनामिनामा घुस लेनदेनको अडियो सार्वजनिक भएपछि पनि तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई मन्त्रिपरिषद् बैठकमा राखिएको बताए।

गुप्ताले आरोप लागेपछि राजीनामा दिइसकेका छन् । सांसद आलेले अर्का मन्त्री पनि यो प्रकरणमा मुछिएको र उनलाई जोगाउने प्रयास भइरहेको हुन सक्ने सङ्केत गरे । ‘अर्का मन्त्री पाइपलाइनमा हुनुहुन्छ । उहाँलाई जोगाउने लाइन छ कि छैन, थाहा छैन,’उनले भने । पोखराको उक्त जग्गा हिनामिनामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीमाथि पनि घुस लेनदेनको आरोप लागेको छ । 

प्रतिक्रिया दिनुहोस्