
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ इकुमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । बिहान ५ बजेतिर खसेको पहिरोले कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । अवरुद्ध सडक खुलाउन समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोले इकुमा मात्र चारपटक सडक अवरुद्ध भइसकेको छ । यसअघि पनि सो ठाउँमा पटकपटक सडक अवरुद्ध भएकामा मर्मत गरेर सञ्चालमा ल्याइएको थियो ।














