Logo
Logo

मधेशमा पानी वितरणमा राजनीति भयो : किसान श्रेष्ठ


882
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान)ले मधेशमा पानीको हाहाकार रहेको बताएका छन् । संघीय सरकारले विपत्त सङ्कटग्रस्त क्षेत्र घोषणा गरेकोमा धन्यवाद दिँदै बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विपत्त सङ्कटग्रस्त क्षेत्र घोषणा गरिदिएर मात्रै राज्यको दायित्व पुरा नहुने भन्दै यस विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए । 

The current image has no alternative text. The file name is: kishan.gif

उनले नेपाल सरकारलाई आवश्यक राहत उपलब्ध गराउन आग्रह गरे । खानेपानी र सिँचाइको अभावमा रहेका मधेशका नागरिकको समस्यामा संघीय सरकार रमिते मात्रै बनिरहेको उनको आरोप छ ।

पिउने पानीको आपतकालिन पूर्ति र पानीका स्रोत संरक्षणमा सरकारले आवश्यक कदम नचालेको उनको भनाइ छ । बरु पानी उपलब्ध गराउने कार्यमा राजनीति भएको सांसद श्रेष्ठले आरोप लगाए ।

‘नयाँ डिप बोरिङका नाममा भइरहेको राजनीतिले छिमेकी जिल्लाका माननीय मन्त्रीहरूको निर्वाच्न क्षेत्रका जनतालाई राहत मिल्ला रु’ सांसद श्रेष्ठको प्रश्न छ । मधेशका सबै जिल्लामा संघीय सरकारले समान व्यवहार गर्नुपर्ने उनको आग्रह छ ।

‘मधेशका अन्य सात जिल्लाका नागरिकले सरकार भएको अनुभुति गर्न पाएका छैनन्’ श्रेष्ठ भने, ‘पिउने पानी जस्तो पवित्र कुरामा पनि राजनीतिक नियन्त्रण राख्न खोज्ने माननीय मन्त्रीहरूप्रति खेद प्रकट गर्न चाहन्छु ।’

खानेपानी मन्त्रालयमा समस्या लिएर गएको भए पनि अर्थ मन्त्रालयले बजेटको स्वीकृति नदिएकोमा उनले सरकारको जवाफ मागेका छन् । उनले  विपत्त प्राधिकरणले पनि बजेट छैन भन्ने गरेको बताए ।

यस्तो अवस्थामा मधेशमा घोषणा गरिएको सङ्कटग्रस्त क्षेत्रमा कसले काम गर्छ भन्ने रहेको उनले बताए । सरकारले गम्भीर कदम नचाले ठूलो समस्या निम्तिन सक्ने उनको आग्रह छ ।

नेपाली सेनाका ८ वटा दमकलबाट पानी वितरण भइरहेको उल्लेख गर्दै उनले भने, ‘तर, त्यो पानी वितरण पर्सा जिल्लामा मात्रै भइरहेको छ । छिमेकी जिल्ला बारा, रौतहट अन्य जिल्लामा भएको छैन ।’ यस्तो व्यवहार पुर्वाग्रही रहेको बताउँदै उनले बजे मन्त्रीको मात्रै नभएको बताए । 

प्रतिक्रिया दिनुहोस्