Logo
Logo

नेपाल समृद्धिको बाटोमा छ : पूर्वराष्ट्रपति भण्डारी  


693
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै गणतन्त्र स्थापनापछि नेपाल महत्त्वपूर्ण चरणमा प्रवेश गरेको बताएकी छिन् । उनले नेपाल अब समृद्धिको यात्रामा अघि बढेको उल्लेख गरिन् । 

The current image has no alternative text. The file name is: bidya.gif

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाले नेपालले महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताउँदै उनले अब देश आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको विचार व्यक्त गरिन् । उनले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माणमा जुट्नुपर्नेमा जोड दिँदै लगानीको दिगो परिचालनमा ध्यान केन्द्रित गर्न सुझाइन् ।

साथै, आर्थिक विकासका लागि सरकारले अग्रसरता देखाउनुपर्ने उनको भनाइ छ । भण्डारीले हालको समय आर्थिक विकासका लागि अत्यन्त अनुकूल रहेको बताउँदै उर्वर कृषि भूमि, जलस्रोत र खनिजको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिइन् ।

उनले रुग्ण उद्योगको पुनः सञ्चालन, प्राकृतिक र सांस्कृतिक सम्पदालाई आधार बनाएर उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने बताइन्। स्वदेशी सीप र प्रविधिको प्रयोगलाई आर्थिक उन्नतिका लागि अपरिहार्य ठान्दै उनले नेपाली पूँजी र अन्य लगानीलाई आकर्षित गर्न विश्वसनीय लगानीको वातावरण बनाउन दीर्घकालीन योजना तर्जुमा गर्नुपर्ने सुझाइन् ।

साथै, उनले छिमेकी देशहरूको सहयोग र नेपाली मौलिक उत्पादनलाई विश्व बजारमा पुर्‍याउन आवश्यक रहेको बताइन् । उनले युवापुस्ताको उद्यमशीलताको भावनालाई कदर गर्दै स्वदेशमै आर्थिक समृद्धिको खाका कोर्नुपर्नेमा जोड दिइन् । स्वदेशमा सम्भावना छ भन्ने आत्मविश्वास जगाउन सरकारी, निजी र सामुदायिक क्षेत्रको सहकार्यमा लगानीको वातावरण बनाउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्