Logo
Logo

कांग्रेसले भन्यो-राष्ट्रपतिले संवैधानिक परिषद् विधेयक फिर्ता पठाउनु ठिक


1.8k
Shares

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ संसद्मा फिर्ता पठाएको कदमलाई सकारात्मक ठानेको छ । शुक्रवार बिहान सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा यो विषयमा छलफल भएको थियो ।

The current image has no alternative text. The file name is: congress-3.gif

सभापति देउवाले राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को अधिकारअनुसार विधेयक फिर्ता पठाएर ठिक गरेको बताए । उनले भने, ‘राष्ट्रपतिजीले संविधानअनुसार गरेको कदमलाई सकारात्मक रूपमा लिनुपर्छ । अब यो प्रक्रिया संसद्मा अगाडि बढ्नेछ ।’ 

राष्ट्रपति पौडेलले बिहीबार उक्त विधेयक संसद्मा फिर्ता पठाएका थिए । उनले विधेयकमा प्रस्तावित संशोधन संविधानको मर्म, लोकतान्त्रिक मूल्य र विश्वव्यापी अभ्यासविपरीत भएको भन्दै संविधानको धारा ११३(३) बमोजिम पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका हुन् । 

यो विधेयक दुई सदनबाट पारित भएर असार ३२ गते राष्ट्रपति कार्यालयमा पुगेको थियो । पौडेलले एक सातासम्म अध्ययन गरेर फिर्ता पठाएका हुन् । 

प्रतिक्रिया दिनुहोस्