Logo
Logo

रास्वपामाथि कांग्रेसको कटाक्ष-भिजिट भिसामै मन्त्री बनेकालाई किन चिन्ता ?


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसामा विदेश गएर त्यहाँको नागरिकता लिने र पछि नेपाल फर्केर उच्च पदमा पुग्ने प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भिजिट भिसाको विषयमा अनावश्यक चिन्ता नगर्न सुझाव दिएका छन् । 

The current image has no alternative text. The file name is: cong.gif

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै घिमिरेले रास्वपा र सभापति रवि लामिछानेप्रति लक्षित गर्दै भिजिट भिसाको मुद्दालाई लिएर दुई महिनादेखि संसद् अवरुद्ध गर्नुको औचित्य नरहेको बताए । उनले भने, ‘भिजिट भिसामा विदेश गएर त्यहाँको नागरिकता लिने, घरजम बसाउने, पछि नेपाल फर्केर विभिन्न काण्ड मच्चाउने, पार्टी खोल्ने र गृहमन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म बन्ने अभ्यास हामीले देखिसकेका छौँ। यस्तोमा किन चिन्ता गर्नुहुन्छ ?’

उनले भिजिट भिसामा गएर विदेशमा नागरिकता लिनु र घरजम गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको बताउँदै भने, ‘कुनै पनि देशले यस्तो व्यवहारलाई स्वीकार्दैन। तर, आश्चर्य छ, जुन पार्टीका धेरै सांसद र नेताहरू यही भिजिट भिसाकै बाटो हुँदै आज यो स्थानमा पुगेका छन्, तिनैले यो विषयमा सबैभन्दा बढी चिन्ता व्यक्त गरिरहेका छन् ।’

घिमिरेले भिजिट भिसाको मुद्दालाई लिएर संसद् अवरोध गर्नुभन्दा पनि मुलुकका अन्य ज्वलन्त समस्यामा केन्द्रित हुन रास्वपालाई आग्रह गरे । ‘भोलि पनि यही अभ्यास दोहोरिन सक्छ। त्यसैले यति धेरै चिन्ता गर्नुको सट्टा देशका अन्य मुद्दामा ध्यान दिन जरुरी छ,’ उनले भने । रास्वपाले भने भिजिट भिसा दुरुपयोगको विषयलाई लिएर सरकारमाथि दबाब बढाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्