काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकको निर्णयप्रति असहमति जनाउँदै पत्रकार सम्मेलन आयोजना गरेकी छिन् । काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको भिड लागेको छ ।
यसैसाता (सोमबार) सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीमा प्रवेश नदिने भन्दै सदस्यता नै निलम्बनमा राख्ने निर्णय गरेको थियो । तर सक्रिय राजनीतिमा फर्कन आफूलाई कसैले नरोक्ने भण्डारीले बताउँदै आएकी छिन् । एमालेले पार्टी सदस्यता नदिने निर्णय गरे पनि भण्डारीले पत्रकार सम्मेलनमा नेकपा (एमाले)- जिन्दावाद लेखेको सूर्य चिह्न अङ्कित ब्यानर प्रयोग गरेकी छिन् ।
(लाइभ)














