काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पाबाट एकै परिवारका १६ जना बेपत्ता भएका मध्ये एक जनासँग प्रहरीको सम्पर्क भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौंमा बस्ने हायू परिवारकी माइली छोरी सुजाता हायू सम्पर्कमा आएकी हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक(डीएसपी)सूर्यप्रकाश सुवेदीका अनुसार हायू परिवारकी माइली छोरी हुन् । उनी पहिलेदेखि नै श्रीमान्सँग काठमाडौँमा बस्दै आएको खुलेको छ ।
सोमबार गाउँपालिकाले सुजाता सहित हायू परिवारका १६ जना बेपत्ता भएको भन्दै उनीहरूको नामावली सार्वजनिक गरेको थियो । गत शुक्रवारदेखि हायू परिवार बेपत्ता छ ।














