Logo
Logo

जाजरकोटमा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते


0
Shares

जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका-२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आज बिहान करिब २ बजे सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

The current image has no alternative text. The file name is: Accident.gif

दुर्घटनामा जिप चालक जुनिचाँदे गाउँपालिका-९ कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका-३ स्यालाका दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन् । घाइतेहरूको टाउको, घाँटी, छाती, हात तथा ढाडमा चोट लागेको छ । उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ ।घाइते तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्