Logo
Logo

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ शुरू


315
Shares

काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ आजदेखि काठमाण्डौको भृकुटीमण्डपमा शुरू भएको छ ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ट म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा)ले आयोजना गरेको एक्पोको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजना गरे ।

कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले नाइमाले स्थापनाको वर्ष नै राम्रो शो आयोजना गरेको र यसले आटोमोबाइल क्षेत्रलाई योगदान गर्ने बताए ।

सरकारले देशभरका सडक पूर्वाधारलाई चौडा र फराकिलो बनाउने कामलाई तीव्रता दिएको तथा कनेक्टिभिटीलाई अभियानकै रूपमा लिएको उनको भनाइ छ ।

यस्तै कार्यक्रममा नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रले देशको आर्थिक वृद्धिमा उल्लेख्य योगदान दिँदै आएकोले यस क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।

अध्यक्ष वैद्यले यो क्षेत्रले सेवा क्षेत्रमा मात्रै ४ दशमलव ७ प्रतिशत रोजगारी सिर्जना गरेको बताए । गुणस्तरीय सेवा, जनशक्ति विकास र शहरदेखि गाउँसम्म गाडी तथा सेवा पहुँच पुर्‍याउने दिशामा नाइमाले आउँदा दिनमा काम गर्ने उनको भनाइ छ ।

आउँदो साउन २५ गतेसम्म चल्ने एक्स्पोमा ५० भन्दा बढी ब्रान्डको सहभागिता रहेको नाइमाले जनाएको छ । एक्स्पोमा १५ दुईपाङ्ग्रे, १५ चारपाङ्ग्रे र ५ व्यावसायिक नयाँ गाडीहरू सार्वजनिक गरिने छ ।

प्रदर्शनी स्थलमा अपाङ्गमैत्री संरचना, सुधारिएको ढल निकास व्यवस्था र सुरक्षा तथा आपत्कालीन सेवाको व्यवस्था मिलाइएको नाइमाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्