Logo
Logo

प्रस्तावित राजदूतको शब्द रेकर्डबाट हटाउन सभापतिको निर्देशन


1.5k
Shares

काठमाडौं । संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूतले बोलेको शब्द रेकर्डबाट हटाउन निर्देशन भएको छ ।

बुधबार साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको संसदीय सुनुवाइका क्रममा संसदीय सुनुवाइ समिति सभापति बोधनारायण श्रेष्ठले यस्तो निर्देशन दिएका हुन् ।

सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित राजदूत सुनारमाथि आर्थिक तथा महिला हिंसाबारे प्रश्न उठाएका थिए । त्यसको जवाफका क्रममा सुनारले बोलेको ‘ल्याङ हान्न आएको’ शब्द रेकर्डबाट हटाउन सभापति श्रेष्ठले निर्देशन दिएका हुन् ।

सुनारले जेन्टलमेन्ट एग्रिमेन्ट उल्लेख गर्दै “१३ वर्षपछि कामीको छोरालाई ल्याङ गर्न किन आइ ?” भनेका थिए

प्रतिक्रिया दिनुहोस्