
काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने भएको हो ।
बैठकमा बहुचर्चित विद्यालय शिक्षा विधेयक सम्बन्धि उपसमितिको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । यसअघि पटक पटक बसेको बैठक अनिर्णित हुदा समिति निष्कर्षमा पुग्न सकेको थिएन ।
सरकारले आन्दोलनरत शिक्षकहरुसँग असार १५ गतेसम्म विधेयक पारित गर्ने सहमति गरेको थियो । तर, हालसम्म समितिमै यो विधेयक टुंगोमा पुग्न सकेको छैन । जसकारण शिक्षकहरु असन्तुष्ट छन् ।














