Logo
Logo

मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको होइन : ओली 


3.2k
Shares

काठमाडौं । च्यासलमा सोमबार आयोजित मदन आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीद्वारा स्थापित केही प्रतिष्ठानहरू व्यक्तिको कब्जामा गएको आरोप लगाए । पुष्पलाल र मनमोहन स्मृति प्रतिष्ठानजस्ता संस्थाहरू सामूहिक हुनुपर्नेमा जोड दिँदै उनले यस्ता प्रतिष्ठानलाई केही व्यक्तिले आफ्नो स्वार्थका लागि प्रयोग गरेको बताए ।

The current image has no alternative text. The file name is: kp-oli3.gif

‘पार्टीले स्थापना गरेका प्रतिष्ठानहरू पछि व्यक्तिको ग्रिपमा गएर ठगीको माध्यम बनेका छन्,’ ओलीले भने, ‘आन्दोलनको पक्षमा काम गर्नुपर्नेमा यस्ता संस्था व्यक्तिगत स्वार्थको भाँडो बन्नु हुँदैन ।’

उनले मदन भण्डारी फाउन्डेसनको उदाहरण दिँदै यो पार्टीले नभई व्यक्तिगत रूपमा स्थापना भएको र यसको सञ्चालनमा अन्योल रहेको उल्लेख गरे । मदन भण्डारी फाउन्डेसनको संरक्षक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष उनकी छोरी उषाकिरण भण्डारी छन् ।

ओलीले यस्ता संस्थाहरू आन्दोलनको भावनाविपरीत प्रयोग हुन नहुनेमा जोड दिए ।  ‘कम्युनिस्ट पाठशाला भनिएको संस्था आन्दोलनका लागि हो कि व्यक्तिगत ठगीका लागि ?’ उनले प्रश्न गरे । आगामी दिनमा यस्ता प्रतिष्ठानको सञ्चालन र उद्देश्यमा पारदर्शिता आवश्यक रहेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्