काठमाडौं । संसदीय सुनुवाइ समितिले आज चार देशका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ गर्ने भएको छ । समितिको कार्यसूचीअनुसार श्रीलङ्काका लागि प्रस्तावित डा। मञ्चला कुमारी झा, मलेसियाका लागि प्रस्तावित चुडामणि खरेल, जापानका लागि प्रस्तावित ज्ञानकुमार थापा र साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनारलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गरिएको छ ।

समितिले विभिन्न १३ मित्रराष्ट्रका लागि प्रस्तावित नेपाली राजदूतहरूको नियुक्तिका लागि उपयुक्तता वा अनुपयुक्ततासम्बन्धी निर्णय गरी सम्बन्धित निकायमा सिफारिस गर्ने कार्यसूचीसमेत राखेको छ ।
संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ८:३० बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्नेछ ।













