Logo
Logo

रवीन्द्र ढाँट र खोखो विश्वकप उपविजेता टोलीलाई काठमाडौं महानगरको सम्मान


378
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई दुई लाख रुपैयाँसहित सम्मान गरेको छ।

यस्तै, प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ गरी जम्मा २२ लाखको चेकसहित सम्मान गरेको छ। खोखोको रकम व्यवस्थापन नेपाल खोखो संघले नै गर्नेछ।

सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति थियो। यो सम्मान सामाजिक विकास समितिको सिफारिसमा गरिएको महानगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्