
काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा डा.बिक्रम श्रेष्ठ नियुक्त भएका छन् ।
हाडजोर्नी तथा नशा रोग विशेषज्ञ रहेका प्रा.डा. श्रेष्ठलाई प्रतिष्ठानको कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति नियक्त गरेका हुन् ।
२५ वर्षदेखि प्रतिष्ठानमा कार्यरत उनी एक कार्यकाल प्रतिष्ठानको शिक्षाध्यक्ष समेत रहिसकेका छन् ।














