Logo
Logo

कोरोनाबाट भैरहवामा एक महिलाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


भैरहवा, १७ भदौ । कोरोना भाइरस सङ्क्रमित एक महिलाको भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ । भीम अस्पताल अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलका अनुसार रामग्राम–५ नवलपरासी स्थायी घर भएकी ६५ वर्षीया महिलाको गए राति मृत्यु भएको हो ।

कोरोना पोजिटिभ देखिएपछि बुटवलमा उपचार गराइरहेकी ती महिलालाई आइसीयु आवश्यक रहेकाले तीन दिनअघि भीम अस्पतालमा भर्ना गरी उपचार भइरहेकामा गए राति मृत्यु भएको डा. पोखरेलले जानकारी दिए । हाल भीम अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । डा. पोखरेलका अनुसार आइसीयुमा चार र सामन्य वार्डमा १७ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्