Logo
Logo

झापा ५ बाट ओलीलाई प्रतिस्पर्धाको गर्न लिङ्देनको च्यालेन्ज


945
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था सहित निर्वाचनमा प्रतिस्पर्धा गर्न चुनौती दिएका छन् ।

The current image has no alternative text. The file name is: Rajendra-Linden.png

शनिवार झापाको बिर्तामोडमा राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘यदि जनतामा लोकप्रिय छु भन्ने लाग्छ भने संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको लागि प्रतिस्पर्धा गर्नुस् ।’ उनले ओलीलाई झापा क्षेत्र नम्बर ५ बाटै निर्वाचन लड्न आग्रह गरे ।

लिङ्देनले ओलीले हालै आफ्ना कार्यकर्तासँगको कुराकानीमा झापामा आफूलाई जित्न चुनौती दिएको प्रसङ्ग उल्लेख गरे । उनले भने, ‘प्रधानमन्त्रीले मलाई झापामा कहाँबाट जित्छ हेरौँला भन्नुभएछ । तर मेरो उद्देश्य सांसद जित्नु मात्र होइन । समयले माग्यो भने म झापा ५ बाट लड्न तयार छु ।’ उनले आफू सांसद वा वडा सदस्य बन्नुभन्दा भ्रष्ट व्यवस्थाविरुद्ध लड्न प्रतिबद्ध रहेको बताए ।

‘म सांसद, मन्त्री वा प्रधानमन्त्री बन्ने उद्देश्यले आएको होइन,’ लिङ्देनले थपे, ‘मलाई सांसद जित्नु वा हार्नुभन्दा ठूलो कुरा यो भ्रष्ट व्यवस्थाविरुद्ध उभिनु हो । म बाँकी जीवन वडा सदस्य नभई मर्न तयार छु, तर यो व्यवस्थाको विरुद्ध लड्छु ।’ उनले ओलीसँगको सहकार्यको सन्दर्भ उल्लेख गर्दै आफ्नो लक्ष्य सांसद पदभन्दा माथि रहेको स्पष्ट पारे । समयले मागेमा झापा ५ बाट निर्वाचन लड्न तयार रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्