Logo
Logo

माओवादीले सडक र सदनमा आन्दोलन गर्ने  


1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्व सकिएपछि सडक र सदन केन्द्रित आन्दोलन गर्ने बताएका छन् । शनिवार पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती विषयक विचार गोष्ठीमा प्रचण्डले चाडपर्व सकिएपछि सबै प्रतिपक्षीहरू एक भएर सडक र सदन केन्द्रित आन्दोलन चर्काउने बताए । 

The current image has no alternative text. The file name is: prachand.gif

कांग्रेस–एमालेको सरकारले मुलुकमा सुशासन भनाइ भ्रष्टाचारलाई प्रश्रय दिनुका साथै कानुन निर्माणमा समेत छेडखानी गरेकाले अब सशक्त आन्दोलन गर्ने उनले बताए। प्रचण्डले राज्यलाई रूपान्तरणका साथै भ्रष्टाचार विरोधी अभियान नै सुरु गर्दा सरकारबाट बाहिरिनु परेको उल्लेख गरे ।

दुई तिहाइको बलमा भ्रष्टाचारीलाई जोगाउने, राजनीतिक प्रतिशोध लिने र अदालतलाई नै प्रभावित पार्ने काम भएको प्रचण्डले बताए । उनले दुई तिहाइको बलमा भएका गलत कामको सडक, सदन र सरकारको मोर्चाबाट हस्तक्षेपको विकल्प नरहेको उल्लेख गरे । प्रचण्डले पार्टीभित्रै दलितलाई दमन गर्ने दुई वटा प्रवृत्ति र दुई वटा विचार रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्