Logo
Logo

एमालेभित्रको खलबली महाधिवेशनसम्म जाँदै छ :  घनश्याम भुसाल


4k
Shares

जापान । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेभित्रको खलबली महाधिवेशनसम्मै जाने बताएका छन् ।

The current image has no alternative text. The file name is: ghanshyam-bhusahal.gif

प्रवासी नेपाली एकता मञ्च जापानको टोकियोमा आइतबार भएको अधिवेशनलाई सम्बोधन गर्दै भुसालले अहिलेका प्रमुख पार्टीको नेतृत्वलाई कुर्सीकै चिन्ता रहेको बताउँदै एमालेमा पनि विद्या भण्डारीले कुर्सी नै ताकेपछि उनको सदस्यता नवीकरण नभएको बताए ।

एमालेमा विद्याले अध्यक्ष नै ताकेका कारण एमाले सदस्यता नवीकरण नगरेको बताए । उनले भने,‘एमालेभित्रको खलबली महाधिवेशनसम्म जाँदै छ । महाधिवेशनमा के हुने हो त्यसपछि एमाले भुमरीमा फस्ने सम्भावना छ । मामला हो कुर्सीकाप्रति अर्काले आँखा लगाएको हुनाले ।’

उनले माओवादी केन्द्र पनि त्यही समस्यामा रहेको बताए । उनले देश अहिलेको अवस्थामा  राजनीतिक रूपमा उकुसमुकुस अवस्थामा रहेको बताए ।  उनले भने, ‘यो उकुसमुकुसले लोकतान्त्रिक गणतन्त्र नबोक्ने वा यो व्यवस्थाले कल्पना गरेको काम गर्न नदिने प्रवृत्ति, संरचना र गल्तीहरू सकेसम्म छिटो भत्कियोस्’, उनले भने, ‘यो २०८२ मै भत्कियो भने ८४ मा राम्रो रिजल्ट दिनेछ ।’

यदि आफूहरूले अघि सारेको एजेन्डामा सबै जान सके कांग्रेस पनि बाध्य भएर आउन सक्ने बताए । ‘कांग्रेसलाई नाकमा सुतली लाएर त्यो एजेन्डामा ल्याउँछौ’, भुसालले भने, ‘त्यसपछि नयाँ भन्नेहरूले पनि एजेन्डा खोज्नेछन् र नारा तय गर्नेछन् । ’

उनले चोटपटक लागेको कम्युनिस्ट, एजेन्डाबिनाको कांग्रेस र एजेन्डाबिनाका नयाँ पार्टीले पनि ‘सुशासन र रोजगारी, समाजवादको तयारी’मा लाग्ने बताए ।
 

प्रतिक्रिया दिनुहोस्