Logo
Logo

अवरुद्ध सडक छिट्टै खोलिने प्रयास


0
Shares

काठमाडौँ। बाढीपहिरोले अवरुद्ध भएका सडक तदारुकताका साथ छिट्टै सञ्चालनमा ल्याउने प्रयास गर्ने भएको छ ।

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्रालयसहितका निकायका अधिकारीहरूले प्रभावित सडक चाँडै खोल्ने प्रतिबद्धता जनाए ।

हाल पासाङल्हामु राजमार्गको रसुवा–गोसाइँकुण्ड खण्ड, अरनिको राजमार्गको भोटेकोशी–कोदारी र घट्टेखोला क्षेत्र, बेनी–जोमसोम सडकखण्डको दुईखोली, घोराही–थवाङ सहिद मार्गको त्रिवेणी, भेरी करिडोरको छलघाट, कर्णाली राजमार्गको शुभकालीन र भेरी करिडोरको आठबिसकोटमा सडक अवरुद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्