Logo
Logo

रुपन्देही-३ मा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार


1.8k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही-३ का कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ ।

The current image has no alternative text. The file name is: rasap.gif

आइतबार साँझ पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर थापालाई उम्मेदवार बनाउने रास्वपाले घोषणा गरेको हो । डा.लेखजंग थापा वरिष्ठ न्युरोलोजिस्ट हुन् ।

रुपन्देही-३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का आकाङ्क्षीहरू आज पार्टी सभापति रवि लामिछानेलाई भेट्न नख्खु पुगेका थिए । 

रास्वपाबाट रुपन्देही-३ मा उम्मेदवार बन्न ९ जना आकाङ्क्षी रहेका थिए । पार्टीले ७ देखि २१ साउनसम्म उम्मेदवार बन्न आवेदन माग गरेकोमा ९ जना छनोट भएका थिए ।

छनोट भएका आकाङ्क्षीमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही-३ का क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट हालै मात्र फर्किएका बुटवल सेमलारका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा.लेखजंग थापा, ज्ञानु पौडेल, कोटहीमाईका जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल थिए । कुसुम, मधु, सुलभ र जितबहादुरबाहेक ५ जना भैरहवाका थिए ।

रुपन्देही-३ बाट निर्वाचित राप्रपाका दीपक बोहराको निधन भएपछि कात्तिक १७ गते निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्