Logo
Logo

सहकारीको ६० करोड हिनामिना गरेको आरोपमा ३ जना पक्राउ


2k
Shares

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको अग्नी बचत तथा ऋण सहकारी संस्थाले ६० करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । भक्तपुरको गुण्डुमा रहेको एक रिसोर्टस तथा अग्नी ट्रेडर्ससहितका परियोजनाको नाममा गैर कानुनी ऋण प्रवाह गरेको आरोपमा तीन जना पक्राउ गरिएको हो । 

The current image has no alternative text. The file name is: arrested_pakrau.jpg

दिनेश वैद्य, उज्ज्वल वैद्य र रविन्द्र श्रेष्ठलाई पक्राउ गरिएको हो । उज्ज्वल भने लक्ष्मी सनराइज बैङ्कको बाग्मती प्रदेशको प्रबन्धक हुन । उनी बैङ्कमा रहेका बेला ऋण प्रवाह भएको र त्यसको उनको संलग्नता रहेकाले रहेको प्रहरीको दाबी रहेको छ । उनकै मिलेमतोमा धेरै रकम हिनामिना भएको प्रहरीको दाबी रहेको छ ।

प्रहरीले उनीहरुको विषयमा थप अनुसन्धान गरिरहेको छ । बनेपा नगरपालिका वडा नम्बर ८, सिनागलमा रहेको यस सहकारी संस्थामा विभिन्न समयमा विभिन्न शीर्षकहरूमा सङ्कलन गरिएको रकम हिनामिना गरिएको भन्ने उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सहकारीका सञ्चालकहरूले बचतकर्ताहरूको रकम हिनामिना गरेको प्रमाण फेला परेको र केही व्यक्तिहरूलाई पक्राउ पनि गरिएको छ ।  

साउन २१ मा जिल्ला प्रहरी कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै, पीडित बचतकर्ताहरूलाई आवश्यक प्रमाणसहित सात दिनभित्र सम्पर्क गर्न अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्