Logo
Logo

रास्वपाका उम्मेदवार थापाले बोलाए पत्रकार सम्मेलन


3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट रुपन्देही–३ का उम्मेदवार छनोट भएका डा. लेखजंग थापाले पत्रकार सम्मेलन बोलाएका छन् ।

आइतबार उम्मेदवार चयन भएका थापाले केन्द्रीय कार्यालय वनस्थलीमा आज दिउँसो २ बजे भेटघाट तथा अन्तरक्रिया गर्न लागेका हुन् ।

साउन ७ गतेदेखि भदौ १३ गतेसम्म रास्वपाले प्राइमरी निर्वाचन, लिडरशिप एकेडेमी, पोलिटिकल प्रोग्जोमिटी र समावेशी जस्ता उम्मेदवार छनोट प्रक्रिया अवलम्बन गरेको थियो ।

प्रतिस्पर्धामा उत्रिएका ९ जना उम्मेदवारमध्ये ८ जनालाई पछि पार्दै थापाले बाजी मारेका थिए । रास्वपाले थापालाई उम्मेदवार घोषणा गरेसँगै उनको पारिवारिक पृष्ठभूमि सार्वजनिक भएपछि विवादमा तानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्