Logo
Logo

एनपीएलको ट्रफी सातै प्रदेशमा घुमाइने


252
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर कोशी प्रदेशको विराटनगर किङ्सबाट सुरु हुँदै छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पहिलोपल्ट आयोजना गर्न लागेको यो ट्रफी टुर कोशीका विभिन्न स्थान हुँदै फ्रेन्चाइज टोलीहरू-विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सका शहरहरूमा पुग्नेछ ।

The current image has no alternative text. The file name is: npl.gif

क्यानले शुक्रवार एक कार्यक्रममार्फत ट्रफी टुरको घोषणा गरेको हो । दोस्रो एनपीएल पुस १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ । कात्तिक २३ गतेसम्म चल्ने ट्रफी टुरले फ्रेन्चाइज टोली र समर्थकलाई जोड्ने लक्ष्य राखेको छ ।

क्यान सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका प्रमुख पारस खड्काले ट्रफी टुर मेचीदेखि महाकालीसम्म पुग्ने बताए । कोशीपछि ट्रफी जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली हुँदै सुदूरपश्चिम पुग्नेछ ।

काठमाडौं गोर्खाजले ऐतिहासिक स्थलहरूमा टुर गराउनेछ । क्यानले ट्रफीलाई ग्लोबल वार्मिङ र वातावरण संरक्षणसँग जोड्दै कालापत्थरको ढुङ्गा समावेश गरेको छ । ट्रफी कीर्तिमानी पर्वतारोहीहरूले सार्वजनिक गरेका थिए । मिनी अक्सन सम्पन्न भइसकेको दोस्रो एनपीएलको उत्साह बढाउन यो टुरले महत्त्वपूर्ण भूमिका खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस्