Logo
Logo

युक्रेनी क्याबिनेट भवनमा रुसको आक्रमण


1.2k
Shares

काठमाडौं ।  युक्रेनी प्रधानमन्त्री युलिया स्भिरिडेन्कोले आइतबार बिहान किभको मन्त्रिपरिषद् (क्याबिनेट) भवनमा आक्रमण भएको पुष्टि गरेकी छन् । यो भवनलाई लक्षित गरिएको यो पहिलो पटक हो ।

युक्रेनी वायुसेनाले रातभरि गरिएका आक्रमणमा रुसले ८०५ ड्रोन र १३ वटा मिसाइल प्रहार गरेको जनाइएको छ । यसमध्ये ७५१ वटा हावामै खसालिएको युक्रेनले दाबी गरेको छ ।  वायुसेनाका अनुसार ९ वटा मिसाइल र ५६ वटा ड्रोन ३७ स्थानमा खसेका थिए। यिनका भग्नावशेष आठ स्थानमा खसेका थिए ।

किभमा रहेकी बीबीसीकी पूर्वी युरोप संवाददाता सारा रेन्सफोर्डले आइतबार बिहान इन्डिपेन्डेन्स स्क्वायर पछाडिबाट आकाशमा धुवाँको ठुलो मुस्लो उडिरहेको देखिएको बताइन् ।  

त्यसको केही समयपछि दुईवटा रुसी क्रूज मिसाइल धेरै तीव्र गतिमा उडिरहेको देखिएको केही समयपछि विस्फोटको आवाज सुनेको उनले बताइन् । रुसी मिसाइल र ड्रोनले सहरको केन्द्रमा सिधै आक्रमण गर्नु असामान्य कुरा हो । यस क्षेत्रमा युक्रेनको वायु रक्षा प्रणाली धेरै बलियो छ ।

प्रतिक्रिया दिनुहोस्