Logo
Logo

जेनजीलाई प्रधानमन्त्री ओलीले भने-विधि र कानुनप्रति सचेत रहनुपर्छ  


3.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ता विधि र कानुनप्रति सचेत रहेको विश्वास व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्ड चलेसँगै जेनजी युवाहरूले सडक प्रदर्शनको घोषणा गरेपछि उनले कसैलाई पनि कानुन उल्लङ्घन गर्ने छुट नभएको बताएका छन् ।

The current image has no alternative text. The file name is: oli.gif

प्रधानमन्त्री ओलीले नयाँ पुस्ता राष्ट्रियताप्रति जागरूक र विधि-कानुनबारे स्पष्ट रहेको अपेक्षा राखेका छन् । उनले भने, ‘जेनजीले आफ्ना कुरा राख्ने अधिकार पाउनुपर्छ । मलाई विश्वास छ, उनीहरूले देशको नीति, नियम र राष्ट्रिय हितबारे स्पष्ट धारणा राखेका छन् ।’

यसैगरी, उनले बन्द-हड्ताल वा प्रतिबन्धको पक्षमा नरहेको दाबी गर्दै सामाजिक सञ्जाल बन्द गरिएको विषयमा सरकारको बचाउ गरे । उनले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको नियत नभएको भन्दै दर्ताका लागि मात्र आह्वान गरिएको स्पष्ट पारे ।

नेपालमा दर्ता नभएका फेसबुकसहित २६ सामाजिक सञ्जालमा पहुँच रोक्न सरकारले सेवा प्रदायकहरूलाई निर्देशन दिएपछि आलोचना भइरहेको छ । दर्ताका लागि दिएको एक साताको म्याद सकिएपछि सरकारले ती सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।

यो निर्णयको विरोधमा जेनजी पुस्ता सडक आन्दोलनमा उत्रने तयारीमा छ, र यही सन्दर्भमा प्रधानमन्त्री ओलीको यस्तो भनाइ आएको हो ।

प्रतिक्रिया दिनुहोस्